site stats
बाह्रखरी :: Baahrakhari
देश
एक लाख ७५ हजार 'घुस लिने' प्रहरी जवानसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन् । 

उनीहरूसँग अख्तियारले एक लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्