site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उमेरहद सान्दर्भिक छैन, तलतिरका नेता जन्माउन सकेनौँ : झलनाथ खनाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । 

आज (बुधबार)बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले नवौँ महाविधेशनमा ७० वर्षे उमेरहद राखिएपनि तलका नेता जन्माउन नसकिएको बताए । 

“उमेरहद हिजो नवौँ महाधिवेशनमा ७० वर्ष भनेर राखेका थियौं । उमेरहद त राख्यौं तर उमेरहदभन्दा तलतिरका नेता जन्माउन सकेनौं । त्यो दुखद् कुरा छ,” उनले भने । 

उनले उमेरहद सान्दर्भिक नदेखिने बताए । “यसको सन्दर्भ नै देखिँदैन । लागु पनि गरिएन, केही गरिएन,” खनालले भने । 

महाधिवेशनमा युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने खनालको भनाइ थियो । ४० प्रतिशत युवाहरू राख्ने विषय आएको बैठकलाई जानकारी दिए ।

नेता खनालले वैदिशक हस्तक्षेप बढिरहेको बताए । “हाम्रो देशमा वैदेशिक घुसपेठ, हस्तक्षेप, प्रभाव हरेक दिन बढ्दो छ । खासगरी अमेरिकी सम्राज्यवाद र दक्षिणी मित्रहरू जुन ढंगले हस्तक्षेप गरिरहेका छन् । उनीहरूको दुई–चार वटा उदेश्य देखिन्छन्,” खनालले भने । 

देशलाई उनीहरूले आफ्नो पकडमा लिन चाहेको आरोप लगाए । देशलाई सामाज्यवादी शक्तिले नियन्त्रणमा लिन लागिरहेको उनको दाबी छ । उनले प्रधान शत्रु र मित्रको बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने जिकिर गरे । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्