site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरस्वती क्याम्पसको ६५औँ वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन् । सरस्वती बहुमुखी क्याम्पसले मंगलबार ‍६५औँ वार्षिकोत्सव मनाउँदै छ ।

क्याम्पस प्रमुख डा. गोलमान गुरुङले कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

"सम्माननीय राष्ट्रपति विगतमा यस क्याम्पसको विद्यार्थीसमेत रहनुभएको सन्दर्भमा राष्ट्रप्रमुखका रूपमा उहाँको उपस्थिति हुने भएकाले सम्पूर्ण क्याम्पस परिवार गौरवान्वित भएको छ । उहाँले यस क्याम्पसमा अध्ययनरत रहँदा विद्यार्थी नेताका रूपमा नेतृत्व गरी लोकतन्त्रका लागि गर्नुभएको योगदानको पनि यस क्याम्पस परिवार सगौरव स्मरण गर्दछ," क्याम्पसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्