site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शीर्ष तीन दलका नेताहरू बालुवाटारमा
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित शीर्ष तीन दलका नेताहरू बालुवाटारमा भेला भएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेला भएका हुन् ।

बैठकमा तीनै दलबाट सचेतकसहित नेताहरू सहभागी छन् ।

नेताहरूबीच आइतबार पनि विधेयकबारे छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्