site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छोरी गंगाको निवासमा बसे प्रधानमन्त्री
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे ।

शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री प्रचण्ड मोरङको मिक्लाजुङमा पार्टी अभियान कार्यक्रममा सहभागी हुनेछन् ।

मिक्लाजुङ गाउँपालिका–५ मा पार्टीले आयोजना गरेको आमसभामा सम्बोधन गरेर उनी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटनमा पुग्ने सचिवालयले जनाएको छ । एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कनेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्