site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गण्डकीका प्रदेश प्रमुख र मन्त्री निवासको लाइन काटियो

पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निवासको विद्युत लाइन काटिदिएको छ ।

प्रदेश प्रमुख निवाससहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री निवासको लाइन काटिएको हो ।

विद्युत्को महसुल नतिरेका कारण लाइन काटिएको पोखरा वितरण केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । बारम्बार ताकेता गर्दा पनि महसुस नबुझाएपछि लाइन काटिएको बताए ।

उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १८३ रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी छ ।

आन्तरिक मामिला तथा कानुनीमन्त्री निवासको ७७ हजार ९६३ रुपैयाँ र भौतिक पूर्वधार विकासमन्त्री आवासको ९१ हजार ९५७ रुपैयाँ बक्यौता थियो । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्