site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘संकल्प यात्रा’ को समीक्षा गर्न एमाले नेताहरू च्यासलमा

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी छलफलमा जुटेका छन् । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाएको थियो । 

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरेको थियो । सोही अभियानको समीक्षा गर्न नेताहरू छलफलमा जुटेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्