site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपको फाइनलमा सिटी

काठमाडौं । उरावा रेड्सविरुद्ध ३–० को सहज जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको सेमीफाइनलमा सिटीलाई जित दिलाउन माटेओ कोभासिच, बर्नार्डो सिल्भाले समान एक गोल गरे । सिटीले अर्को एक गोल भने रेड्सका मारियस होइब्राटेनबाट आत्मघाति उपहार पाएको थियो ।

Argakhachi Cement Island Ad

पहिलो हाफको इन्जुरी समयमा होइब्राटेनबाट आत्मघाति गोल भएपछि सिटीले अग्रता बनाएको थियो । ५२ औं मिनेटमा कोभासिचले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसको सात मिनेटपछि सिल्भाले गोल गर्दै सिटीको अग्रतालाई ३–० मा पुर्याएका थिए । 

सिटीले अब उपाधिका लागि फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्दी फ्लुमिनेन्सविरुद्ध खेल्नेछ । यो खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ ।

 
सिटी पहिलो पटक क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । हालसम्म इंग्ल्यान्डबाट चेल्सी, लिभरपुल र म्यानचेस्टर युनाइटेड गरी तीन क्लबले मात्र क्लब विश्वकपको उपाधि जितेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्