site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल सुपर लिग : झापा र धनगढी भिड्दै 

काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा धनगढी चौथो जितका लागि मैदान प्रवेश गर्नेछ ।  झापा दोस्रो जितको तयारीसहित मैदानमा उत्रिनेछ ।  

लिगमा धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । झापा एफसी सात अंकसहित पाँचौं स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्