site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब सहकारीको लेखा जाँचमा कडाइ गर्छौं : सचिव दुवाडी 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् । 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट गर्ने बताएका हुन् । 

“सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो,” उनले भने, “अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।”

सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको उनको भनाइ छ । सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीले बताए । 

सहकारीले अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्