site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चालु खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ चार महिना (साउन–कात्तिक) मा शोधनान्तर स्थिति र चालु खाता बचतमा रहेका छन् । गत वर्षको सोही अवधिमा चालु खाता घाटामा थियो । शोधनान्तर स्थिति बचतमा थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो ।

चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्