site stats
बाह्रखरी :: Baahrakhari
कला
कस्तो छ मेनुका पौडेलले गाएको बलिउड सिनेमा ‘सलार’को गीत ? 

काठमाडौं । नेपालकी गायिका मेनुका पौडेलले गाएको बलिउड सिनेमा ‘सलार’को गीत सार्वजनिक भएको छ । निर्माण कम्पनीले युट्युबमार्फत ‘सुरज ही चाहो बन्के...’ बोलको हिन्दी गीत सार्वजनिक गरेको हो । 

रवि बसरुरले संगीत गरेको गीतमा शब्द रिया मुखर्जीको छ । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । 

Argakhachi Cement Island Ad

केही दिन अगाडि इन्डियन आइडलमा उनलाई यो गीतका लागि अवसर दिइएको जानकारी दिइएको थियो । यो गीतसँगै मेनुकाले भारतीय फिल्मको पार्श्वगायनमा डेब्यु गरेकी छन् । 

मेनुकालाई अभिनयका लागि पनि अफर आइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्