site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । चितवनमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 

४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको आरोपमा इच्छाकामना गाउँपालिका–३, चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनिलले सामान्य विवाद हुँदा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई मंगलबार साँझ पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्