site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा ८ : ४५ को तापक्रम ५.७ डिग्री सेल्सियस
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा जाडो बढ्ने क्रम रोकिएको छैन । पछिल्ला केही दिनयता तापक्रम घट्ने क्रममा रहेको छ । बुधबार (आज) यो वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । 

बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । ८ः४५ बजे तापक्रम थप घटेको छ । ८ः४५ मा काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौंमा दिउँसो अधिकतम तापक्रम १८.८ डिग्री सेल्सियससम्म पुग्ने विभागको भनाइ छ । 

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम, कुन–कुन प्रदेशमा हुनेछ वर्षा र हिमपात ?

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्