site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ । 

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । 

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्