site stats
बाह्रखरी :: Baahrakhari
देश
वीरेन्द्रनगरको शिवसुन्दर स–मिलमा भएको आगलागी नियन्त्रणमा
प्रतीकात्मक तस्बिर

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । 

चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले बाह्रखरीलाई जानकारी दिए । 

“स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जलेका छन्,” डीएसपी शाहीले भने, “के–कति क्षति भयो यसको विवरण टिप्ने काम भइरहेको छ ।”

देवीलाल पौडेलको उक्त स–मिलमा बिहान साढे ५ बजे विद्युत् सट भएर आगलागी भएको थियो । काठ र काठको धुलो ठूलो परिमाणमा भएकाले आगो नियन्त्रणमा लिन समय लागेको डीएसपी शाहीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्