site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका लागि उनीहरू बालुवाटार पुगेका हुन् । नेपालसँगै एकीकृत समाजवादीका केही नेता बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयले भने गठबन्धनको बैठक नभएर सामान्य भेटघाट भएको बताएको छ । 

“प्रधानमन्त्रीसँग देउवा, नेपाल र एकीकृत समाजवादीका नेताहरू भेटघाटमा हुनुहुन्छ,” बालुवाटार स्रोतले भन्यो, “गठबन्धनको बैठक वा कुनै राजनीतिक छलफलका लागि होइन । सामान्य भेटघाट हो ।”

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्