site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेल खरिदबिक्रीबारे रास्वापाले सरकारलाई दियो तीन सुझाव

काठमाडौं । एनसेलको खरिदबिक्रीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई तीन बुँदामा सुझाव दिएका छन् ।

बुधबार सिंदरबारस्थित संसद् सचिवालयमा पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले अर्थ समितिका सभापति सन्तोष चालिसेलाई पत्र बुझाएका हुन् ।

एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समीक्षाको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा कर, लाइसेन्स र शेयर बिक्रीको अभिलेखनबारेको अन्यौल तथा प्रत्यक्ष लगानी र डिजिटलाइजेसनको भविष्य लगायतका बुँदामा ध्यानाकर्षण गराएको छ । 

Raswapa-patra1-1701850034.jpg

Raswapa-patra2-1701850004.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्