site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
१७ प्रतिशत कर्मचारी हटाउँदै स्पोटिफाई

काठमााडौं । म्युजिक स्ट्रिमिङ प्लेटर्फम स्पोटिफाईले तेस्रो चरणको कटौतीअन्तर्गत १७ प्रतिशत कर्मचारी हटाउने भएको छ ।

सोमबार कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत डेनियल एकले आउँदो चुनौतीको सामना गर्न कम्पनीको आकार महत्त्वपूर्ण रहेको बताए ।

उनले कर्मचारीलाई एक ‘नोट’ पठाउँदै सुस्त आर्थिक वृद्धि र बढ्दो लागतलाई रोजगारी कटौतीको कारण भनेका छन् ।

स्पोटिफाईमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् । सोमबारको निर्णयले एक हजार ५०० कर्मचारी कटौतीमा पर्नेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्