site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उमेदवार हुन नपाउने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आउँदो निर्वाचनमा उमेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आउँदो माघ ११ गते बिहीबार हुँदै छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उमेदवार हुन नपाउनेबारे आइतबार विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमानुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्