site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथ खनालसित चिनियाँ राजदूतको भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन् । पार्टीको विदेश विभाग प्रमुख रहेका खनालसँग आइतबार डल्लुस्थित निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

त्यसक्रममा उनीहरूबीच आपसी हित एवं द्विपक्षीय चासोका विषयमा कुराकानी भएको खनालका स्वकीयसचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्