site stats
बाह्रखरी :: Baahrakhari
देश
कटुवा पेस्तोलसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । सबैला नगरपालिका–८, ठिल्ला टोलका ५१ वर्षीय रामईश्वर ठाकुरलाई कटुवा पेस्तोल एकथानसहित शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको घर तलासी गर्दा लुकाइछिपाइ राखिएको उक्त पेस्तोल फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्