site stats
बाह्रखरी :: Baahrakhari
देश
८० हजार घुस रकमसहित बूढानीलकण्ठका सबइन्जिनियर राई पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनियर टीकाराज राईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीबाट लिएको ८० हजार रुपैयाँ घुससहित राईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनलाई बूढानीलकण्ठ नगरपालिका–७ बाट नियन्त्रणएको हो ।

उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्