site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : कोप–२८ मा आफूले उठाउने मुद्दाका विषयमा जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणका एजेन्डाका विषयमा जानकारी गराएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार राष्ट्रपति पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन आग्रह गरेका छन् । 

नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्