site stats
बाह्रखरी :: Baahrakhari
देश
टेकु अस्पतालको निर्देशकमा डा. बसौला 

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि, डेढ वर्ष कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारीमा रहेका उनी पछिल्लो तीन महिनायता वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।

शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई भने सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्