site stats
बाह्रखरी :: Baahrakhari
कला
अरिजितले नेपाली झन्डा ओढेर गीत गाएको सन्दर्भमा राजेशपायलको यस्तो प्रतिक्रिया

काठमाडौं । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन् । 

भारतीय कलाकारले नेपाली झन्डा ओढेर गाउँदा भारतमा त्यसको नकारात्मक टिकाटिप्पणी नभएको सन्दर्भ उल्लेख गर्दै राजेशपायलले नेपाली कलाकारले त्यसो गरेको भए के हुन्थ्यो भन्दै जिज्ञासा राखेका छन् । 

Argakhachi Cement Island Ad

“अरिजित सिंहले नेपाली झन्डा ओढेजसरी अथवा रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागेजसरी हामी नेपाली कलाकारले त्यसरी नै भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउथ्यौँ कि नाईं ? जिज्ञासा,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । 

गत शनिबार साँझ अरिजितले काठमाडौंमा भएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । जसमा उनले नेपालको झन्डा काँधमा आढेर गीत गाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्