site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जडीबुटीको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्न सक्ने बताए ।

भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको विकासबाट नेपालले पनि फाइदा लिन सक्ने भन्दै उनले यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राखे । 

मन्त्री बस्नेतले मेडिकल शिक्षाको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन धारणा राखे । मुलुकका ३०० शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरी आवश्यक कानुन परिमार्जनको तयारीमा रहेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरबन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्