site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यावरणीय संकटको समाधान मार्क्सवादी कोणबाट खोज्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यावरणीय संकटलाई मार्क्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्दै उनले कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्‍याएको बताएका छन् ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले विश्वका ठूला देशहरुबाट भएका कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याएको बताए ।

जलवायु परिवर्तनका कारण परेको असरका बारेमा सबैभन्दा बढी चर्चा माओवादीले मात्रै गरेको उनले बताए । जलवायु परिवर्तनका असरमा नेपालले उचित न्याय र क्षतिपूर्ति पाउनुपर्ने र नगरेको कामको दण्ड अब नेपालले सहन नसक्ने उनको जिकिर छ ।

प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति नेपालको अधिकार भएकाले यसलाई मुख्य रुपमा अघि सार्ने स्पष्ट पारे । आफू नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्