site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवा संघको आन्दोलन सरकारको खबरदारीका लागि : ढकाल

काठमाडौं । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले युवा संघको आन्दोलन दुर्गा प्रसाईं एउटा व्यक्तिविरुद्धको नभएको दाबी गरेका छन् । 

पार्टीको भ्रातृ संगठन युवा संघको आयोजनामा बिहीबार काठमाडौंको तीनकुनेमा भएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले कार्यक्रम सरकारको खबरदारीको लागि भएको बताए । 

“एमाले सदा राष्ट्र, राष्ट्रियता, जनताको पक्षमा छ । यो कुनै व्यक्ति विशेषविरुद्धको होइन । सरकारको खबरदारीको लाागि गरेका छौँ । व्यक्तिको पछि लागेका होइनौं,” उनले भने । 

जनसंगठन संयन्त्र समिति संयोजक समेत रहेका उनले आफूहरूले संयमता अपनाएको भन्दै एमालेमाथि भएको आक्रमण भोलिका दिनमा टुलुटुलु हेरेर नबस्ने भन्दै चेतावनी दिए । 

“गलत मान्छेको नाम एकादशीका दिन उच्चारण गर्न उचित हुँदैन,” उनले भने । 

ढकालले एमाले हारेका कारण राष्ट्र, संघीयता हार्ने समेत उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्