site stats
बाह्रखरी :: Baahrakhari
देश
राइस मिलमा तास खेलिरहेका आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । शुक्रबार राति भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मिलका सञ्चालक पारस भट्टसहित आठजनालाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट नगद दुई लाख आठ हजार ४२६ रुपैयाँ र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्