site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा प्रहरीले गोली हानेर एकजनालाई लियो नियन्त्रणमा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाँके प्रहरीले गोली हानेर शुक्रबार एकजनालाई नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमेश जोशीका अनुसार कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।

उनको खुट्टामा गोली लागेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि रानाले बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए । भारतको लखनउमा उनको उपचार भइरहेको छ ।

खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात् उनी भाग्ने कोसिसमा थिए । त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्