site stats
बाह्रखरी :: Baahrakhari
देश
टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा लगियो पाँच रिट

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट लगिएको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेकाले खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।  

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले टिकटक बन्दविरुद्ध पाँच रिट आएको पुष्टि गरे । उनले ती रिटमा अध्ययन भइरहेको भन्दै अध्ययनपछि दर्ता हुने/नहुने टुंगो लाग्ने जानकारी दिए । 

सरकारले टिकटक बन्द गर्ने निर्णय गर्दा सामाजिक सद्भाव खल्बल्याउन टिकटकको प्रयोग भएको भन्दै सामाजिक, सांस्कृतिक सहिष्णुता कायम राख्न ‘तत्कालका लागि’ टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।  

त्यसपछिका बहसमा सार्वजनिक शिष्टाचारविरुद्धका कसुरहरू धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरणका लागि सहयोग नपुर्‍याएको सरकारी आरोप छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्