site stats
बाह्रखरी :: Baahrakhari
देश
जनक बर्तौलामाथि रड प्रहार गरेको आरोपमा तीनजना पक्राउ
जनक बर्तौला र उनका सुभेच्छुक ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि भएको रड प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेकबहादुर प्रधान, शेरबहादुर थारू र आशिष लामिछाने रहेका छन् । उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कार्तिक २२ मा नयाँ बानेश्वर बर्तौलामाथि रड प्रहार भएको थियो । बर्तौलामाथि योजनाबद्धरूपमा रड प्रहार भएको देखिएको प्रहरी बताउँछ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्