site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चीनले बनायो तीव्र गतिको इन्टरनेट, एकै सेकेन्डमा १५० फिल्म 'ट्रान्सफर' हुने

काठमाडौं । चीनले प्रतिसेकेन्ड १.२ टेराबिट अथवा १२ सय गिगाबिट (जीबी) डाटा प्रसारण गर्नसक्ने क्षमताको इन्टरनेट नेटवर्क बनाएको दाबी गरेको छ ।

चाइना मोबाइल, हुवावे टेक्नोलोजी र सेर्नेट कर्पोरेसनले सार्वजनिक गरेको यो नेटवर्कले प्रतिसेकेन्ड १५० वटा फिल्म 'ट्रान्सफर' गर्नसक्ने बताइएको छ ।

ब्याकबोन नेटवर्क भनिएको यो इन्टरनेटको अप्टिकल फाइबर केबल बेइजिङ, वुहान र ग्वाङ्झाउ जस्ता प्रमुख चिनियाँ सहर हुँदै विस्तार भएको छ । यसअघि त्यहाँ रहेका नेटवर्कको तुलनामा यो १० गुणा तीव्र भएको बताइएको छ ।

गत जुलाईमै एक्टिभ भएका यी केबलहररू सोमबार मात्रै औपचारिक रूपमा सञ्चालन गरिएको बताइएको छ ।

हाल विश्वका धेरैजसो इन्टरनेट नेटवर्कहरूमा प्रतिसेकेन्ड १०० गिगाबिट क्षमता रहेको छ । अमेरिकाले हालै मात्र ४०० गिगाबिट प्रतिसेकेण्ड क्षमताको इन्टरनेट नेटवर्क सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्