site stats
बाह्रखरी :: Baahrakhari
खेल
१९औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान

काठमाडौं । मारवाडी सेवा समिति नेपालले १९औँ एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरूको सम्मान गरेको छ । पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरूले एउटै म्याचमा अति नै दुर्लभ पाँच वटा विश्व कीर्तिमान बनाएका थिए । 

९ बलमा अर्धशतक बनाइ विश्व कीर्तिमान बनाउन सफल दिपेन्द्रसिंह ऐरी र ३४ बलमा शतक बनाइ विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई एक लाख एक हजार नगदसहित सम्मान गरिएको थियो । 

साथै कराते खेलतर्फ नेपाललाई रजत पदक दिलाउने एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले जानकारी दिए । 

त्यस्तै, समाजले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल एक किलो र नुन किलो, ४०० प्याकेट चामल सहयोग गरेको छ । 

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्