site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने भएका छन् ।

जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले आफूले भाइटीका नलगाउने निर्णय गरेको उनको भनाइ छ । 

कार्तिक १७ गते राति गएको भूकम्पबाट कम्तीमा १५४ जनाको ज्यान गएको थियो ।

यस वर्षको भाइटीका आगामी बुधबार परेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्