site stats
बाह्रखरी :: Baahrakhari
देश
आगलागीमा वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा बेलुका भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको कच्ची घरमा शुक्रबार बेलुका अचानक आगलागी भएको थियो ।

बेलुका ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए । आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भयो भने उनका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएका रिजालले जानकारी दिए ।

उनका अनुसार आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो । घाइतेलाई उपचारका निम्ति शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ ।

आगलागीको कारण थाहा हुन सकेको छैन । आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्