site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थतन्त्रमा सुधार, तिहारपछि आर्थिक गोलमेच : प्रधानमन्त्री 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारपछि आर्थिक गोलमेच गर्ने तयारीमा रहेको बताएका छन् । 

शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा आएपछि अर्थतन्त्रमा राम्रो सुधार आएको पनि बताए । 

“उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ । अहिले सात अर्ब छुट्याइएको छ । छिट्टै थप सात अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौँ,” प्रधानमन्त्रीले भने, “म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दबाबमुक्त भइसकेको छैन । तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु ।”
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्