site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिको दन्त परीक्षण 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । 

शुक्रबार बिहान नियमित दन्त परीक्षणका लागि उनी अस्पताल आएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । 

यसअघि गत असारमा मुटुको गति कम हुने समस्या देखिएपछि शिक्षण अस्पतालअन्तर्गतकै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा ‘ड्युल च्याम्बर पेसमेकर’ राखिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्