site stats
बाह्रखरी :: Baahrakhari
देश
भिनाजुको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । झापामा भिनाजुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी विवादमा अधिकारीले खुकुरी र बाँस प्रहार गर्दा सोही ठाउँका ४५ वर्षीय धनबहादुर कट्वाल गम्भीर घाइते भएका थिए । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्