site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टाटा ‘प्यासेन्जर भेहिकल’को नयाँ वर्कसप कपनमा, ईभी चेकजाँचको व्यवस्था

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडी लक्षित नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ । 

कपनमा ११ हजार ८८० वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कसपमा इन्जिन, चक्का, सस्पेन्सन, एसीलगायत उपकरणको मर्मत सम्भार र पेन्टिङको सुविधा रहेको कम्पनीले बताएको छ ।

नयाँ वर्कसपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेसनल विजनेस हेड मायांक बल्डिले गरेको कम्पनीले जनाएको छ ।

वर्कसपमा विशेषतः विद्युतीय गाडी (ईभी)को चेकजाँचका लागि विशेषज्ञ प्राविधिकको व्यवस्था गरिएको सिप्रदीले बताएको छ ।

वर्कसपमा ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसनलगायत रहेको सिप्रदीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्