site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टा समाजका सर्जकहरू मिरिकमा 

काठमाडौं । नेपाल स्रष्टा समाजको एक टोलीले भारतको मिरिकमा आयोजित विषेश साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ । मिरिकस्थित ‘साहित्य  सुनौँ परिवार’को आयोजनामा सम्पन्न १ सयौँ शृङ्खलामा नेपालबाट गएका साहित्यकारहरूले मन्तव्यसहित रचना वाचन गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समाजका संरक्षक पवन आलोक, अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, चेतनाथ कणेल ‘हरित’, देविका तिमिल्सिना, शंकर भारती, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी, मधु पाठकलगायतका सर्जकहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा साहित्य सुनौं परिवार मिरिककी कोषाध्यक्ष डा. कमला तामाङद्वारा अनुदित लघुकथासंग्रह ‘बिरानो बन्दै गाउँ’ लोकार्पणसमेत गरियो । परिवारका अध्यक्ष आर.डी. राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङका वरिष्ठ साहित्यकार मोहन ठकुरीको प्रमुख आतिथ्य रहेको थियो । 

कविता वाचनका क्रममा नेपालका साहित्यकारहरूसहित स्थानीय सर्जकहरू मोहन ठकुरी, राई, डा. तामाङ, शीला लामा, एस.बी. गजमेर, अर्जुन प्रधान, गोकुल रासाइली, अजङ्ग प्रधान, लक्ष्मी गुरुङ, अमर दुङ्माली, विनोद खाती, शान्तप्रकाश राई, युवराज भण्डारी, केसाङ लामा, जीनर घतानी, मनिता तामाङ र दीप जोशीले आफ्ना रचना वाचन गरेको समाजका अध्यक्ष रोदनले जानकारी गराएका छन् । 

समाजको सर्जकहरूको टोली दार्जिलिङ, सिक्किमसम्मको साताव्यापी साहित्यिक यात्रामा निस्किएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्