site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटको नलगाड र भेरी नगरपालिकामा सबैभन्दा बढी क्षति

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी जिल्लाका तीन नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । प्रहरीका अनुसार जिल्लाको नलगाडनगरपालिको ३, ४ र ५ वडा, भेरी नगरपालिको १ र २ तथा छेडागाड नगरपालिका र बाह्रेकोट गाउँपालिका प्रभावित भएका छन् ।

नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहसहित ५२ जनाको भूकम्पमा परी मृत्यु भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउतले जानकारी दिए ।

सयौँ घर पूर्णरुपमा क्षति भएका छन् । भेरी नगरपालिकाको पनि ३ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ । भेरी नगरपालिका उपमेयर सीता जैसीका अनुसार भेरी नगरपालिकामा ३२ जनाको मृत्यु भएको छ ।

अझै घर पुरिएको ठाउँबाट शव निकाल्ने काम भइरहेको उनले बताइन् । यातायातको समस्यका कारण अझै विवरण आउन बाँकी छ । नलगाड नगरपालिकाका ८ जना घाइतेलाई  उपचारका लागि सेनाको हेलिकोम्पटरमार्फत सुर्खेत ल्याइएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्