site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम (पश्चिम)मा भूकम्पमा मृत्यु हुनेको संख्या ३७ पुग्यो

काठमाडौं । रुकुम (पश्चिम)मा भूकम्पबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ । ८५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।  

घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्