site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२ पुग्यो

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । 

अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्मा भन्छन्, “दुर्गम क्षेत्रमा सञ्चार सम्पर्क हुन सकेको छैन । त्यसका लागि केन्द्रबाट हेलिकोप्टर आउँदै छ ।” 

सयौं घर लडेका र त्यहाँ पुरिएका स्थानीयको उद्धार गर्न बाँकी रहेकाले मृतकको संख्या बढ्ने देखिएको उनले बताए । 

सदरमुकाममा मात्रै एकसयभन्दा धेरै घाइतेको उपचार गरिसकेको उनले बताए । 

गाउँगाउँमा ठूलो संख्यामा घाइते भएको हुनसक्ने तर विवरण आउन नसकेको सूचना अधिकारी शर्मा बताउँछन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्