site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ । 

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार सभाहल विराटनगरमा बस्ने भएको हो । 

प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीकोे विषय भने उल्लेख गरिएको छैन । कोसीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्