site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् ।

नेपालमा डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अवधिमा एक हजार ८३३ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्