site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल हारउन्मुख, सन्दीप आठौँ विकेटका रूपमा आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपाल हारउन्मुख देखिएको छ । नेपालले स्कोर बोर्डमा ८५ रन जोड्दा आठ विकेट गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १६औँ ओभरमा सन्दीप लामिछानेलाई गुमाएको हो । लामिछानेले नेपाली टिमको खातामा दुई रन थपे ।

जारी खेलको १६ ओभर सकिँदा नेपालले आठ विकेट गुमाएर ८५ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्