site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमेरिकी विदेशमन्त्रीले भने, 'इन्डो–प्यासिफिकमा नेपाल महत्वपूर्ण साझेदार'

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले नेपाल इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त)मा अमेरिकाको महत्वपूर्ण साझेदार भएको बताएका छन् । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको द्विपक्षीय बैठकपछि उनले उक्त कुरा बताएका हुन् ।

“नेपाल आज इन्डो–प्यासिफिकमा निकै महत्वपूर्ण साझेदार हो,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ब्लिन्केनको भनाइ उद्धृत गरिएको छ, “हामी एक स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध क्षेत्रको सुनिश्चत गर्न सँगै काम गरिरहेका छौँ ।”

नेपालले क्षेत्रीय स्तरमा मात्र होइन, विश्वव्यापी स्तरमा नै अन्तर्राष्ट्रिय संस्थाहरुमा रचनात्मक ‘एक्टर’को रुपमा काम गरिरहेको उनले जनाए । उनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने काम भइरहेको दाबी समेत गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्