site stats
बाह्रखरी :: Baahrakhari
देश
केही दिनदेखि काठमाडौंको तापक्रम स्थिर
फाइल तस्बिर

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम स्थिर रहेको छ । ११ डिग्री सेल्सियसको वरिपरि काठमाडौंको तापक्रम रहँदै आएको छ । 

गत सोमबार, मंगलबार र बुधबार काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसमा झरे पनि त्यसयता भने ११, ११.५ लगायतको आसपासमा तापक्रम रहने गरेको मौसमविद् रोजन लामिछाने बताउँछन् । 

“आज काठमाडौंमा बिहान ५ : ४५ मा तापक्रम ११.८ डिग्री सेल्सियस छ । यो तापक्रम केही दिनयताको जस्तै हो । यो साता काठमाडौंको तापक्रम र मौसममा धेरै फेरबदल देखिँदैन,” मौसमविद् लामिछानेले भने । 

उनका अनुसार अबको केही दिन तापक्रममा ठूलो परिवर्तन आउने सम्भावना छैन । “अझै केही दिन तापक्रम यस्तै नै रहने हो । तत्काल अचानक तापक्रम घट्ने सम्भावना अहिले देखिएको छैन,” उनी भन्छन्, “विस्तारै थोरै थोरै गरेर तापक्रम घट्ने हो । यो नियमित सामान्य प्रक्रिया नै हो ।” 

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसम्म रहनेछ । 

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्